काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ