काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ