काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलि (सोमबार) आफ्नो आधिकारिक वेभसाइट लन्च गर्ने भएको छ । माओवादीको प्रचार विभागले लामो समयको गृहकार्यपछि भोलि वेभसाइट लन्च गर्न लागिएको हो ।
देखाउनेभन्दा पनि दिगो हिसाबले जाने गरी प्रविधिलाई प्रयोग गरी वेभसाइट निर्माण गरिएको टास्क फोर्सका संयोजक निर्मलकुमार ज्ञवालीले जानकारी दिए । वेभसाइट केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । www.ncpmc.org लगइन गरी वेभसाइट भिजिट गर्न सकिन्छ । ज्ञवालीका अनुसार वेभसाइटमा पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने विशेषता रहेको छ ।
‘पाठक कहाँ बसेर हेर्छन् त्यहि क्षेत्रको समाचार आउनेदेखि लिएर नेपाली शब्दलाई पनि पढेर सुनाइदिने प्रविधि प्रयोग गरेका छौँ । हुँदै नहुनुभन्दा हतारमा लन्च गर्न लागिएको हो । सबै भरेरभन्दा पनि सार्वजनिक गरौँ त्यसपछि भर्दै जाउँला भन्ने हिसाबले गर्न लागिएको हो’, साइटबारे जानकारी दिँदै उनले भने, ‘हामीले गतिविधि मूलकलाई स्थान दिएका छौँ । अन्य पार्टीको वेभसाइट म्याटरहरूलाई बढी प्रोत्साहन दिएको छ । हामीले भइरहेको कार्यक्रम स्रोतको रुपमा लिनेगरी झण्डै न्युज पोर्टलको रुपमा लन्च गर्न लागिएको छ ।’
यसले पूर्णता पाइसकेपछि एउटा सामान्य पत्रकारलाई माओवादीबारे भोलि विस्तृत सूचना चाहिएको खण्डमा काफी हुने आधार तयार भएको ज्ञवालीले बताए । यस्तै नेपाली ग्रामर चेक गर्ने फिचर यसमा भएको र पाठ्य सामाग्री तथा सूचनामुलक बढी बनाएका उनको भनाइ छ ।
यसलाई निरन्तरता दिनका लागि एउटा टिम नै तयार गरेर दैनिक भएका कार्यक्रम र पार्टीका गतिविधि वेभसाइटमा आउने गरेर राख्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र