सरकारले गर्‍यो ७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, १९ : ४७
सरकारले गर्‍यो ७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो । 

लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो । मन्त्रालयका अनुसार  प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो । अधिकांश सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस