विराटनगर । कोसी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको कार्यक्रम तथा योजनाबारे थप प्रष्ट पारेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी बजेटका कार्यक्रमबारे थप प्रष्ट्याएका हुन् ।
बजेटभन्दा पनि केही कार्यक्रम तथा योजना थपघट गरेर प्रतिस्थापन विधेयक आएको बताए । विषम परिस्थितिमा अध्यादेशमार्फत आएको बजेटलाई कार्यान्वयन गर्न सदनबाट पारित गर्ने बाध्यता रहेको सुनाए ।
उनले भने, "दुई–दुई पटक अध्यादेशबाट आएको बजेटलाई कार्यान्वयनको चुनौती थियो । अब सहज ढंगले कार्यान्वयनमा जान्छ ।"
कार्कीले लोकलाई सकारात्मक प्रभाव पार्ने गरी केही कार्यक्रम थपघट गरी कल्याणकारी सोचले ल्याएको बताए ।
"केही कार्यक्रम घोषणा गरिएको छ, "कार्कीले भने, "मानवीय विकासलाई थोरै समेट्ने प्रयास गरेका छौँ ।" कार्कीले शनिबार प्रदेशसभामा अध्यादेशमार्फत प्रतिस्थापन विधेयक पेस गरेका थिए ।
प्रदेश सरकारको आर्थिक क्षमताले नभ्याउने किसिमको कार्यक्रम प्रचारमुखी मात्र हो कि भन्ने प्रश्नमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउने कार्यक्रम कार्यान्वयन हुने कार्कीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ