अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भयो नेपाल लाइफ

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १६ : ३१
अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भयो नेपाल लाइफ

काठमाडौं। नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।मुम्बईको होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आईसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड समारोहमा नेपाल लाइफलाई आउस्ट्यान्डिङ पर्फमेन्स इन दी लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवार्डबाट सम्मानित गरिएको हो ।

 

बुधवार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरेको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्सलाई यो सम्मान प्रदान गरिएको हो ।

 

 

उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले ग्रहण गरेका छन् ।चौथो आईसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड पीडब्लूसी भारतको सहकार्यमा गरिएको हो । 

संसारमै प्रतिष्ठित परामर्शदाता पीडब्लूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै उनीहरूलाई विभिन्न विधामा सम्मानित गर्दै हो । कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई आउस्ट्यान्डिङ पर्फमेन्स इन दी लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल अवाडबाट सम्मानित गरिएको हो । 

कम्पनीका सीईओ पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरेका छन् । 

‘यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताका बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा छ,’ उनले भने ।

सो अवसरमा सीईओ पराजुलीले नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ रहेको उल्लेख पनि गरे । 

प्रतिक्रिया दिनुहोस