काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले आर्थिक दुरुपयोगका घटनामा वृद्धि भइरहेको बताएको छ ।ब्यूरोले मंगलवार एक विज्ञप्ति जारी गर्दै भीपीएन र डीएनएस प्रयोगले आर्थिक दुरुपयोगका घटनामा बढिरहेको बताएको हो ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै असुरक्षित तथा अवैध माध्यमबाट सो एप सञ्चालन भइरहेको जानकारी प्राप्त भएको ब्यूरोले जनाएको छ ।
‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्याएर चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘...विद्युतीय स्वरुपमा गैर–कानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १६ : ४०
लेखकबाट थप