काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण फैलाउनेविरुद्ध कारबाही सुरु गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालमा बैंकका कर्मचारीलाई कुट्ने पिट्ने र गलत अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
साइबर ब्यूरोले झापा अर्जुनधारा नगरपालिका–११ भर भएका ईश्वरीप्रसाद संग्रौलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार संग्रौलाले क्षमा याचना गर्दै लिखित कागज गरिसकेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
ब्यूरोले सामाजिक सञ्जालका अभिव्यक्तिको निगरानी बढाएर कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, १० : १२
लेखकबाट थप