बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको छ ।
दाङको चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी घर्ती र माओवादी संसदीय दलका नेता जोखबहादुर महराको पनि सहभागिता रहेको बताइएको छ ।
भेटघाटमा सरकार विस्तार गर्दा मन्त्रालय थप्ने या नथप्ने विषयमा सामान्य छलफल भएको जनाइएको छ । यसैगरी संसदीय समिति सभापतिको विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ