काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।
तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
२७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी