काठमाडौँ । बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।
प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।
खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।
कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेका १६ सीमा स्तम्भ हराए
बाँकेमा जंगली जनावरको आक्रमणबाट एकजनाको मृत्यु
हुलाकी सडकले यसरी फेरिँदै जनजीवन, दुर्गम गाउँ सुगम बन्दै
बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण
बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा
सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनी