पर्वत । जिल्लाको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको हो ।
भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो