नेपाली पर्वहरूलाई प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नु पर्छ : मन्त्री किराँती

सफल खबर संवाददाता

मंगलबार, २८ कार्तिक २०८०, १२ : ४७
नेपाली पर्वहरूलाई प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नु पर्छ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउन प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नु आवश्यक रहेको बताएका छन्।

आज भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले बताएका हुन् ।

उनले नेपालमा मनाइने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरू आकर्शित गराउन पर्ने बताए। उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताएका हुन्। उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको भएमा नेपालको छुट्टै पहिचान विश्व स्तरमा रहेने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस