काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि विभिन्न टिकाटिप्पणी सुरू भएका छन्। कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका छन् भने कतिपयले विमति जनाएका छन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले टिकटक बन्द गर्ने निर्णय अस्वीकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाएको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले टिकटकलाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको बताए ।‘लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्वीकार्य हुँदैन/छैन। हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत। जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सञ्जालमा हुने आलोचनासँग त्रसित हुनेहरूले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सोमबार बिहान बालुवाटार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा