काठमाडौं । सरकारले व्यक्तिगत आवास लगायत सबै भवन तथा संरचनाको बीमा गर्ने विषयमा अध्ययन गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार नेपाल भूकम्पको प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले व्यक्तिगत आवास लगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा मुख्य सचिव डा.वैकुण्ठ अर्यालले अध्ययन गरेर प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक