नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १३ : ३७
नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्चालमा सामाजिक सद्भाव भड्किने क्रियाकलाप भएको भन्दै सरकारले यस्तो निर्णय लिएको हो । गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै सामाजिक सद्भाव भड्किने खाल्का र अश्लिल गतिविधि टिकटकमा अपलोड भए स्वतः डिलिट हुने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।