काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करिब ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न आग्रह गरे ।
उनले फेशबुकमा लेखेका छन्, ‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठूलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ । सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ । त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ ।
एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस् । अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ । दुई, ’संसदीय कोष’ भनेर चिनिने ’संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस् । सरकारले आफैँले तत्काल गर्न सक्ने काम सुरु गरेपछि मात्रै सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ ।
भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमबाट फर्केपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शमाले शनिबारे प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौन अवधिमा सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक समाचारप्रति गगन थापाको आपत्ति
होलीको शुभकामना दिँदै निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन गगन थापाको अपिल
प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा
मध्यपूर्वको तनाव बढेपछि नेपालीहरूको सुरक्षा अवस्था झनै संवेदनशील बनेको छ : गगन थापा
चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर मात्रै हुँदैन : गगन थापा
‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा