गुगलसर्चमा सन्नी लियोनी अगाडि, यी कलाकार उनको पछि परे

एजेन्सी

आइतबार, ०९ पुस २०७४, १५ : ०७
गुगलसर्चमा  सन्नी लियोनी अगाडि, यी कलाकार उनको पछि परे

मुम्बई । वर्ष २०१७ बिदा हुने क्रममा छ । त्यसैले यो बर्ष लोकप्रियताको हिसावले बलिउड कलाकार को को अगाडि रहे ? कसका लागि २०१७ चर्चा योग्य भयो । गुगलमा सबैभन्दा बढि कुन अभिनेत्री वा अभिनेता खोजिए ? सबैको चासोको बिषय हो यो । ती ६ कलाकार, जो यसबर्ष गुगलसर्चमा धेरै खोजिए ।

१ सन्नी लियोनी
पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नीको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । यो बर्षको उत्कृष्ट १० अभिनेत्रीको सूचिमा पनि सन्नी अटाएकी छन् । सन्नीलाई अहिले अन्तराष्ट्रिय शो म्यान भसैज वाइल्समा पनि एंकरिङको जिम्मा मिलेको छ ।

२ अर्शी खान
अर्शी खान अफगानिस्ता मुलकी हुन् । बिगबोसको हिस्सा बनेर उनी चर्चामा समेत रहन सफल भइन् । बिग बोसमा भएको बिवादले उनी सबैभन्दा बढि चर्चित बनिन् ।

३ सपना चौधरी
सपना हरियाणकी डान्सर हुन् । जीवनका उतार चढावका कारणले उनी हमेशा चर्चामा छाउने गरेकी छन् । बिग बोसको हिस्सा बनेर उनले धेरै चर्चा समेत कमाएकी थिइन् । बिगबोस बाट बाँहिरिए पछि पनि उनको चर्चामा कमी आएन । सपना छिट्टै चलचित्रमा देखिने भएकी छन् ।

४ बिद्या वाक्स
बिद्या भारतीय मुलकी गायिका हुन् । उनले आफ्नो गीत युट्युव मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनले बनाएको रिमिङ गीत धेरै मन पराइएको छ । गुगल सर्चमा यी गायिका चौथो स्थानमा छिन् ।

५ दिशा पटानी  
अभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्बिरका कारणले हमेशा चर्चामा रहने गरेकी छन् । उनको अर्काे चर्चाको बिषय अभिनेता टाइगर श्राफसँगको चलचित्र ‘बघी २’ समेत बनेको छ ।

६ सुनील ग्रोवर
सुनील ग्रोवर द कपिल शर्मा सोमा डाक्टर मशहुर गुलाटीको भुमिकामा देखिने ब्यक्ति हुन् । यो शोमा उनले गुत्थी र गुलाटी दुबै भुमिकाबाट दर्शक रिझाउन सफल छन् । अहिले उनले कपिल शर्मा शो बाट आफुलाई अलग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस