काठमाडौं। काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए । ‘उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ। सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन’, उनले भने, ‘अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौंको आकास खुल्नेछ ।’
पछिल्लो एक घण्टामा काठमाडौं बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताए । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतवारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए ।
आज बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा
मधेसमा वर्षा, किसानलाई राहत