आयोगका पदाधिकारीबाट ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १५ : ०१
आयोगका पदाधिकारीबाट ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।

जाजरकोट केन्द्रबिन्द भएर गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुका लागि गरिने राहतको सहयोग पुगोस् भन्ने हेतुले यस आयोगका पदाधिकारीहरुले ७ दिनको तलव बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस