रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।
त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सह इन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सह इन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ ।
बैठकले अकरम पठान, राजकुमार बर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।
सोही बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरिय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ