काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।
बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस मेसिनमा रु. एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबार गर्दा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउने भएका छन् । पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जनाएको छ ।
यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड सुविधा
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु