पर्वतारोही निर्मल पुर्जाले लिए गैर-आवासीय नागरिकता

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, २० : ३०
पर्वतारोही निर्मल पुर्जाले लिए गैर-आवासीय नागरिकता

काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबीइ) ले हेलिकप्टर चार्टर गरी जन्मथलो म्याग्दी आएर बिहीबार गैर आवासीय नेपाली नागरिकता बनाएका छन्।

बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिएका पुर्जा गैर आवासीय नेपाली नागरिकता लिन काठमाडौँबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आएका थिए।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैर आवासीय नागरिकता हस्तान्तरण गरेका थिए।

उनले आफ्नो देश नेपालको नाम चिनाउने अभियानमै रहेकाले नागरिकतामा सहजताका लागि नेपाल सरकारलाई समेत धन्यवाद दिएका छन्।गैर आवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको बताउँदै नागरिकताको सुविधाले गैर आवासीय नेपालीको लगानी भित्राउन समेत सहज हुने उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस