हत्यामा संलग्न एक महिला पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १८ : ५४
हत्यामा संलग्न एक महिला पक्राउ

काठमाडौं । अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौंबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस