सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट, अर्को पेसी मंसिर २४ गते

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १५ : ३२
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट, अर्को पेसी मंसिर २४ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ ।

बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो ।

यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए । पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् । काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस