युरोपमा नेपाली बाजा सुनाउँदै ‘प्राना मुण्डी ब्याण्ड’

आइतबार, ०९ पुस २०७४, १४ : ३४
युरोपमा नेपाली बाजा सुनाउँदै ‘प्राना मुण्डी ब्याण्ड’

चितवन । नेपालमा बनेका बाजाहरुलाई देश बाहिर निरन्तर बिभिन्न कार्यक्रमका बिच चिनाउँदै आएको ‘प्राना मुण्डी ब्याण्ड’ छैटौं पटक युरोप टुरमा निस्कने भएको छ । आउँदो अंग्रेजी बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीले जानकारी दिए ।

केसीका अनुसार एक महिनाको लामो टुरमा युरोपका झण्डै आधा दर्जन देशहरुमा आफ्नो ब्याण्डका तिन जनाले बिभिन्न नेपाली बाजाहरुलाई बिदेशी समक्ष सुनाउने छन् । ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । बिदेशी नागरिकहरुले नेपालका मौलिक धुनहरुलाई निकै मन पराउँछन् त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’, केसीले भने । उनले अहिलेको यो टुरमा तबला, सितार र बाँसुरी लगायतका धुनलाई बिशेष प्राथमिकता दिएको बताए ।

यसअघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो । यो ब्याण्डले बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुन सुनाउनकै लागी बिदेश भ्रमणमा ब्यस्त भएको पाइन्छ ।

‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । साथै, हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । 

प्रतिक्रिया दिनुहोस