काठमाडौं। गायक हेमन्त शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार रूपैयाँ हस्तान्तरण गरेका छन् ।आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए ५० हजार पुरस्कार दिने उनले घोषणा गरेका थियो ।
गायक शर्माले आफूले बोकेको कुरा पूरा गरेको मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।गायक शर्माले आज बिहान नेपाली क्रिकेट खेलाडीद्वय क्याप्टेन रोहित पौडेल र कुशल भुर्तेललाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
‘खुशी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले ‘दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातीको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौ जो भन्नुभयो !’ शर्माले लेखेका छन् । नेपाली क्रिकेट टोलीको हौसलाका लागि गायक शर्माले उक्त रकम पुरस्कार दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १२ : ३९
लेखकबाट थप