नागरिक लगानी कोषले तीन महिनामा कमायो २६ करोड ४८ लाख नाफा

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, ११ : ५८
नागरिक लगानी कोषले तीन महिनामा कमायो २६ करोड ४८ लाख नाफा

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले तीन महिनामा २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोजमा गरी कोषले कूल २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

यो अघिल्लो वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा कोषले कूल २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।यस पटक कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी र ब्याज आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढ्न पुगेको हो ।

कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले सेवा तथा कमिसनबाट २९ करोड ३९ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।यस्तै, समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा ब्याज आम्दानीमार्फत यस कम्पनीले १० करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस