बागलुङका १० स्थानीय तहले भूकम्प प्रभावितलाई एकमुष्ट ३० लाख सहयोग गर्ने

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, ०८ : २१
बागलुङका १० स्थानीय तहले भूकम्प प्रभावितलाई एकमुष्ट ३० लाख सहयोग गर्ने

काठमाडौ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् ।

चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए ।

भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस