भूकम्प पीडितलाई नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग गर्ने

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, २० : ३५
भूकम्प पीडितलाई नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग गर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । 

यसैगरी नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट भूकम्प पीडितको राहतका लागि प्रयोग हुने जहाजको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया दिनुहोस