काठमाडौं । जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय गरेको छ ।
जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कात्तिक मशान्तसम्म स्थगित गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
जाजरकोटमा बढ्यो सुन्तला उत्पादन
जाजरकोटमा एक लाख ४१ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप
जाजरकोटमा राहत सामग्री सजिलो ठाउँमा मात्र केन्द्रित