भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १६ : ४३
भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

काठमाडौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । 

प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । 

शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।