मानव अधिकार आयोगद्वारा भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन शुरु

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १६ : १६
मानव अधिकार आयोगद्वारा भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन शुरु

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन शुरु गरेको छ । आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ ।

आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले भूकम्पमा परि घाइते भएकाहरूको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजकार्यमा जुट्न नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस