बुद्ध एअरले एक करोड रुपैयाँ सहयोग गर्ने, उद्धार राहत ढुवानीमा सहयोगको प्रतिबद्धता

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १५ : १३
बुद्ध एअरले एक करोड रुपैयाँ सहयोग गर्ने, उद्धार राहत ढुवानीमा सहयोगको प्रतिबद्धता

काठमाडौं । बुद्ध एअरले भूकम्प पीडितको राहत र उद्धारको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एअरलाइन्सले एक सूचना निकालेर हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।

साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध रहेको उल्लेख गरेको छ । यस दुःखद परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस