जाजरकोट । जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ ।
नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो ।
उनले भने, ‘सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’
‘म त मस्त निद्रामा थिएँ, बच्चाहरू चिच्याएपछि बिउँझिएर भागे । एकै छिनमा मेरो घर भत्कियो,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का