काठमाडौ । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो।
‘रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको भन्ने बिहान ५ बजेसम्मको रिपोर्ट छ,’ डिआइजी ढकालले भने। दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन्।
राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए।
भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिए। त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उनले बताए।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प