पोखरा । पोखरामा पुष्प प्रदर्शनी मेला सुरु भएको छ । शुक्रवार पोखराका मेयर धनराज आचार्यले मेलाको उद्घाटन गरेका हुन् । फ्लोरिकल्चर एशोसियसन अफ् नेपाल (फ्यान) ले चौथो संस्करणको पुष्प मेला शुक्रवारदेखि सुरु गरेको हो ।
मेलामा विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । पोखरसहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ ।
मेयर आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगर प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने फूलको उत्पादनमा महानगर सहकार्य गर्न तयार रहेको उनको भनाई छ । यो वर्ष तिहार लक्षित फूल उत्पादनका लागि बिउमा ५० प्रतिशत अनुदान दिइएको छ । मेला सोमबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १६ : ३३
लेखकबाट थप