मिठाइमा रङको प्रयोगबारे यस्तो निर्देशन

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०८०, ०७ : ४१
मिठाइमा रङको प्रयोगबारे यस्तो निर्देशन

काठमाडौ । खाद्य,  प्रविधि  तथा  गुुण  नियन्त्रण  विभागले  तिहारका  लागि  बिक्री  गरिने  मिठाईलगायतका  खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तुु बिव्रmीवितरण नगर्न सचेत गराएको हो । विभागले  सूचनामार्फत  चाडपर्वमा  धेरै  बिक्री  हुने मिठाईलगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्ने र रङको मात्रा सरकारले तोकेको मापदण्ड अनुसार मात्रै  प्रयोग  गर्न  आग्रह  गरेको  छ  । 

विभागले  भनेको छ, “अनुगमनका व्रmममा अखाद्य रङको प्रयोग गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने छ ।” विभागका अनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेँलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस