बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताए। ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’ उनले भने ।भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको उनले बताए।
त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् । महासचिव गुटेरेस लुम्बिनी विकास कोषले विशेष स्वागत समारोहमा आयोजना गर्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
कडा चेतावनी दिँदै राष्ट्रसङ्घीय प्रमुखले भने– रफाहको भूमि आक्रमण ‘असहनीय’
प्यालेस्टाइनी शरणार्थीका लागि राहत प्रकरणः राष्ट्रङ्घका महासचिवले गरे यूएनआरडब्लूएबारे स्वतन्त्र प्यानल गठन
महासचिव गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर बेलायततर्फ प्रस्थान