इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १२ : ०९
इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

काठमाडौँ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमालबिच जारी युद्धमा अहिलेसम्म ३१ पत्रकार मारिएका छन् ।‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे) का अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् ।

सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खासगरी गाजा क्षेत्रमा पत्रकारहरुले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरुले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’

 

मृत्यु भएका पत्रकारमा प्यालेस्टिनी फिल्म मेकर रोशदी सराज र रोयटर्सका बेरुतस्थित भिडियोग्राफर इसाम अब्दल्लाह पनि छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उसका पत्रकार इजरायलका तर्फबाट लेबनान सीमामा गरिएको आक्रमणमा मारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस