राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १४ : ३४
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने

काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो ।

बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् । उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद् बैठकमा पेस हुने बताइन् । 

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताइन् । 

प्रतिक्रिया दिनुहोस