दशैंकै बेला विदेसिनेको लर्को, असोजमा ५६ हजार २३५ जना बाहिरिए

पत्रपत्रिकाबाट

सोमबार, १३ कार्तिक २०८०, ०८ : ०५
दशैंकै बेला विदेसिनेको लर्को, असोजमा ५६ हजार २३५ जना बाहिरिए

काठमाडौ । नेपालीको महान् पर्व दशैंका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । 

वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । 

देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दशैंको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । 

चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस