काठमाडौँ । माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि थालेको रूपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले रूपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसको अवधि थप गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए।
त्यस्तै रूपान्तरण अभियानको समापनका क्रममा पुस १५ गते माओवादीले काठमाडौँमा सभा गर्ने भएको छ। अभियान समापन कार्यक्रमलाई माओवादीले आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा प्रयोग गर्ने भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै