काठमाडौँ । गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न नेपाली काँग्रेस सर्लाहीले माग गरेको छ। नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमारमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गरेका हुन्।
गत कात्तिक ७ गते राति गाउँपालिका अध्यक्ष रुपेश कुमारमाथि आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको थियो। गाउँपालिका अध्यक्षमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गर्ने घटनालाई सर्लाही काँग्रेसले लोकतन्त्र विरोधी, आपराधिक मानसिकताको उपज भएको घटना मान्दै निन्दा गरेको छ।
सभापति सिंहले विज्ञप्ति प्रकाशित गरी गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्ने जोसुकै भए पनि तुरुन्त पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गराउन प्रशासन तथा सरकारसित माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?