काठमाडौँ । गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न नेपाली काँग्रेस सर्लाहीले माग गरेको छ। नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमारमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गरेका हुन्।
गत कात्तिक ७ गते राति गाउँपालिका अध्यक्ष रुपेश कुमारमाथि आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको थियो। गाउँपालिका अध्यक्षमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गर्ने घटनालाई सर्लाही काँग्रेसले लोकतन्त्र विरोधी, आपराधिक मानसिकताको उपज भएको घटना मान्दै निन्दा गरेको छ।
सभापति सिंहले विज्ञप्ति प्रकाशित गरी गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्ने जोसुकै भए पनि तुरुन्त पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गराउन प्रशासन तथा सरकारसित माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस