अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १९ : २८
अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

लुवाण्डा।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटकी सभामुख स्टेफिन डि होसकाबीच भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियम बिचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय  मञ्चहरुमा साझा धारणा राख्दै आएको स्मरण गरे। 

उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एक अर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिँदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत् पुर्‍याएको योगदानका लागि धन्यवाद दिए।नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद्‌हरुको महत्त्वपूर्ण भूमिका रहेको बताए। भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमकाबीचमा धेरै समानताहरु रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानवअधिकारको प्रवर्द्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिइन्। 

कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिर्वतनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाइन्।

 

प्रतिक्रिया दिनुहोस