राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जॅादै

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, ११ : १३
राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जॅादै

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज सॅाझ अमेरिका भ्रमणमा जान लागेका छन  । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन । अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

अमेरिकामा रहॅदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव ९फेस्टिवल०मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिनेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन । त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार गर्नेछन ।  

अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुनेछन्। कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । अध्यक्ष लिङ्देनको अमेरिकामा हुने सबै कार्यक्रमको तयारी उत्साहजनक ढंगबाट भइरहेको पानस आइसिसीका प्रमुख प्रेमकुमार श्रेष्ठले बताएका छन् । राप्रपाले प्रवास क्षेत्रमा आक्रामक संगठन निर्माणको नीति लिएको छ ।

अध्यक्ष लिङ्देनले नेपालीहरूको अत्यधिक घनत्व भएको मध्यपूर्वका साउदी अरेविया, युएई तथा कतारको भ्रमण गरी त्यहॅा रहेका नेपाली समुदायसंग छलफल र अन्तर्क्रिया सम्पन्न गरिसक्नु भएको छ । भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् । मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि राप्रपा अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस