आज पनि दशैंको टीका–जमरा लगाइँदै

सफल खबर संवाददाता

बुधबार, ०८ कार्तिक २०८०, ०९ : ०१
आज पनि दशैंको टीका–जमरा लगाइँदै

काठमाडौ । दशैँको टीका तथा जमरा आज (बुधबार) पनि लगाइँदै छ ।

हिजो (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । 

टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । 

यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

नौ दिनसम्म दशैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस