बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध (सूचनासहित)

सफल खबर संवाददाता

बुधबार, ०८ कार्तिक २०८०, ०७ : ५१
बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध (सूचनासहित)

काठमाडौ । स्थानीय प्रशासनले बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरेको छ। 

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज (बुधबार) बिहानदेखि दिउँसो १२ बजेसम्म मदिरा र मदिराजन्य बस्तुको बिक्री र सेवनमा रोक लगाएको हो।

विजया दशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन कात्तिक ८ गते बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस