भूकम्पले धादिङमा घर चर्किए, रूख ढले

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, १० : १६
भूकम्पले धादिङमा घर चर्किए, रूख ढले

काठमाडौ । आज (आइतबार) बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले धादिङमा केही भौतिक क्षतिको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार भूकम्पपछि  केही माटोका घर चर्केका छन् धेरै ठाउँमा रूख ढलेका छन्। अहिलेसम्म मानवीय क्षतिको विवरण भने आइनसकेको उनले बताएका छन्।

क्षतिको विवरण बुझ्न प्रहरी खटाइएको उनको भनाइ छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। 

भूकम्पको धक्का धादिङ, काठमाडौँ उपत्यकासहित र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस