पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १६ : ४०
पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ

मोरङ । धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक जना पक्राउ परेका छन् ।  सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

 

प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस