मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए ।मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते